२०८३ बैशाख २ गते बुधवार

बबई गाउँपालिका – १ र ७ मा सुरु भएन मतदान

दाङ, फागुन २१ । बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पीडित दाङ मध्यवर्ती क्षेत्रका बासिन्दा अझैं मतदानमा सहभागी भएका छैनन् ।


बबई गाउँपालिका –७ देउती मावि मलई मतदान केन्द्र र बबई – १ जनता आधारभूत बिद्यालय जिला मतदान केन्द्रमा अहिलेसम्म मतदान भएको छैन । स्थानीय मतदाता अहिलेसम्म मत हाल्न पुगेका छैनन् ।


पत्रकार प्रेम पुनका अनुसार यी दुबै मतदान केन्द्रमा हालसम्म मतदाता मतहाल्न आएका छैनन । कर्मचारी तयारीका साथ बसेपनि मतदाता नआउँदा मत नखसेको हो ।


त्यसैले मतदान केन्द्र सुनसान जस्तै बनेका छन् ।
वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई – १ को गंगटे, भाङोबारीमा भने मतदान जारी रहेपनि वडा नं. १ को जिलामा भने मतदान सुरु हुन नसकेको बताए ।


दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार वडा नं. १ को जिला मतदान केन्द्रमा ८८२ मतदाता छन् । निर्वाचन अधिकृत सिंजालीले बबई – ७ मलई केन्द्रमा ५३० जना मतदाता रहेको जानकारी दिए ।

निर्वाचन अधिकृत सिंजालिले हालसम्म एक जना मतदाता पनि मत खसाल्न नआएको बताए ।
स्थानीय मतदाता मतदान गराउन खटिएका कर्मचारी संग छलफल तथा समन्वय गर्न गएका थिएनन् ।


यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्र हो । बन्य जन्तु र मानिस बीचको बढ्दो द्धन्दका कारण स्थानीयले पुर्नंबास अर्थात बस्ति स्थान्तरणको माग गर्दै आएका छन् ।


यहाँका स्थानीय मतदाताले जस्ले आँफुहरुलाई बन्य जन्तुबाट सुरक्षित राख्न सक्छ वा अनेत्र स्थान्तरण गर्न भूमिका खेल्छ उसैलाई मात्रै मत दिने र अन्यथा मतदानमै सहभागी नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *