दाङ, फागुन १६ । प्यूठानमा चुनाब प्रचार प्रशारका लागि हिडेको जिपले एकै साथ मोटरसाइकल र स्कुटीलाई ठक्कर दिदा चार जना घाइते भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) चुनाबी प्रचार प्रशारमा प्रयोग भएको जिपको ठक्कर बाट श्रीमान श्रीमतिसहित चार जना घाइते भएका छन् ।
घाइते श्रीमान – श्रीमति लमहीका हुन । जिपको ठक्कर बाट स्कुटीमा चालक दाङको लमही नगरपालिका –६ देउपुरका २६ बर्षीय दीपक पोखरेल र पछाडि सवार उनकी श्रीमति २५ बर्षीया सुजना भण्डारी घाइते भएका छन् ।
घाइते मध्य दीपकलाई प्यूठानको उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जका लागि रिफर गरिएको छ ।
सोही दुर्घटनामा परि प्यूठान नगरपालिका – ५ जुम्रीकाँडाका मोटरसाइकल चालक २० बर्षीय जिवन विश्वकर्मा, पछाडि सवार सोही ठाउँका २१ बर्षीय रेशम खड्का घाइते भएका छन् । उनीहरु दुबै जनालाई प्यूठानको उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
शनिबार दिउँसो राश्वपाको चुनाव प्रचार प्रशारमा जाँदै गरेको चालक एक्लै सवार तीब्र गतिको लु १ च ७७६९ नम्बरको जिपले प्यूठान नगरपालिका – ७ चिउरी डाँडाको घुम्ति नजिकै रा ५ प ४६८८ नम्मरको मोटरसाइकल र रा ६ प ६९४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बाग्दुला बाट बिजुरवार तर्फ जाँदै गरेको जिपले बिपरित दिशाबाट आउँदै गरेका मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।
जिप चालक नौबहिनी गाउँपालिका – ६ बहानेका २५ बर्षीय किशन बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्यूठान जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार राश्वपाको चुनाबी प्रचारमा जाँदै गरेको तीब्र गतिको जिपको ठक्करका कारण उक्त दुर्घटना भएको थियो ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
