तुलसीपुर, फागुन १३ । राप्ती बबई क्याम्पसले आगामी दुई दिने राष्ट्रिय सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।
मुलक भरका शैक्षिक बिज्ञलाई तुलसीपुरमै बोलाएर क्याम्पसले पहिलो पटक चैत ६ र ७ गते गरि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने योजना बनाएको कुरा बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा राष्ट्रिय सम्मेलनका संयोजक सुर्यप्रशाद शर्माले सम्मेलनमा सहभागिता लागि अर्थात आफ्नो सोधपत्र प्रस्तुत गर्ने इच्छा जाहेर गर्दै राप्ती बबई क्याम्पसले निर्माण गरेको अनलाइन फर्म मार्फत फर्म भर्न सकिन्छ । बुधबारसम्म ३६ जना बिज्ञले आफ्नो सोध पत्र प्रस्तुतिका लागि फर्म भरी सकेको उनले जानकारी दिए ।
प्राद्यापक शर्माले देशभर बाट झन्डै एक सय जना जतिले आफ्ना कार्यपत्रहरु पेश गर्ने अपेक्षा गरिएको भएपनि ती मध्यबाट छनोट गरि उत्कृष्ट ५० जना जति सोधपत्र मात्रै राष्ट्रिय सम्मेलनमा प्रस्तुतिका लागि समावेश गरिने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस संचालक समितिका कोषाध्यक्ष बिनिल केसीले समुदायवाट संचालित क्याम्पसले पहिलो पटक राष्ट्रिय सम्मेलन आयोजना गर्नु जिल्ला बासी सबैका लागि खुसीको कुरा मान्नु पर्ने बताए ।
राष्ट्रिय सम्मेलन सोध खोज गरि केही सिक्ने हरेक ब्यक्तिका लागि एउटा राम्रो प्लेट फर्म बन्ने केसीले आशा ब्यक्त गरे । कार्यक्रमका लागि झन्डै १५ लाख रुपैयाँ खर्च लाग्ने आँकलन गरिएको भन्दै त्यो रकम स्थानीय तहका साथै बिभिन्न संघ संस्था र दाताहरुको सहयोगमा संकलन गर्ने बारे छलफल भइ रहेको कोषाध्यक्ष केसीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्रबहाुदर भण्डारीले राप्ती बबई क्याम्पसले गर्न थालेको दुई दिने राष्ट्रिय सम्मेलन शिक्षा क्षेत्रको बिकास तथा सुधारका लागि एउटा कोषे ढूँगा साबित हुने आशा ब्यक्त गरे । उनले शिक्षा महाशाखाले कार्यक्रम सफल पार्न सक्दो आर्थिक र नैतिक सहयोग उपलब्ध गराउने वाचा गरे ।
क्याम्पस प्रमुख गणेश पाद्र्येले क्याम्पसमा दुई दिन सम्म चल्ल राष्ट्रिय सम्मेलनमा शैक्षिक सुधार र गुणस्तर सुधारका दुष्टिकोणले अतेन्तै महत्वपूर्ण हुने भन्दै त्यसले क्याम्पसको सुन्दर शैक्षिक भविश्य निर्माणमा सहयोग पुग्ने आशा ब्यक्त गरे ।
क्याम्पस संचालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीले २०४७ सालमा स्थापना भएको सामुदायिक क्याम्पस राप्ती बबईका लागि राष्ट्रिय सम्मेलन एउटा बुहप्रतिक्षित बिषय बनेको हुँदा त्यो सफल पार्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।
क्याम्पसका प्राद्यापक डा. प्रेम योगीले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने अनुसन्धानमुलक सोध पत्रले क्याम्पसको शैक्षिक वातावरण बिकासका साथै अनुसन्धानत्मक रणनीति निर्माणमा टेवा पुग्ने आशा ब्यक्त गरे ।
प्राध्यापक आनन्दा खत्रीले राष्ट्रिय सम्मेलनले क्याम्पसको चर्चा देश ब्यापी बन्ने त्यसले देश बिदेशमा शिक्षा क्षेत्रका बिज्ञहरुका बीचमा नेटवर्क निर्माण हुने आशा ब्यक्त गरिन ।
क्याम्पस प्रशासन शखाका भिमार्जुन रेग्मीका अनुसार दुई दिने सम्मेलनको प्रमुख अतिथिका रुपमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी रहने छन् ।
त्यस्तै प्रमुख बक्ताहरुको रुपमा मध्यपश्चिम विश्वविद्यायका उपकुलपति प्रा.डा.धुर्वकुमार गौतम, त्रिभुवन विश्वविद्यालयका ब्यबस्थापन संकायका प्रा.डा. (डिन) महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालयका बिज्ञान तथा प्रबिधि संकायका प्रा.डा. (डिन) शङकर खनाल, अशोका बिश्वविद्यालय भारतका प्रा.डा. (डिन) सन्तनु चौधरी, नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा.(निर्देशक) सुधनकुमार पौडेल, क्यालिफोर्निया विश्वविद्यालय अमेरिकाका प्रा.डा. मोहन डाँगी र त्रिभुवन विश्वविद्यालयका पूर्व विभागिय प्रमुख अँग्रेजी बिभागका प्रा.डा. कृष्णचन्द्र शर्मा रहने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।