२०८३ साउन २८ गते बिहिवार

घोराहीमा झन्डै २१ करोड लागतमा इन्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माणको काम सुरु


तुलसीपुर, फागुन १२ । घोराहीको भरतपुरमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ् अध्ययन संस्थानको भवन निर्माणको प्रक्रिया सुरु भएको छ ।


घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा इन्जिनियरिङ संस्थानको पाँच तले भवन निर्माणको प्रक्रिया सुरु भएको हो ।


झन्डै २१ करोडको लगानीमा संस्थानको ५ तले र २० कोठे भवन निर्माण गर्न थालिएको हो । यो भवन निर्माणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालिन समय बिषेश पहल गरेका थिए ।

पोखरेललई एमालेले दाङ – २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ ।


गत बैशाख २३ गते कम्पुटर इन्जिनियरिङ संस्थानको भवन निर्माणका लागि ३० करोड बजेटको स्रोत सुनिश्चित भएको थियो । बजेट सुनिश्चितता पछि बोलपत्र आह्वान भएको थियो । बजेट सुनिश्चितताका लागि तत्कालिन समय नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमिका निर्वाह गरेका थिए ।


भवन निर्माणको जिम्मा ‘खड्का निर्माण सेवा प्रालि’ले पाएको छ । निर्माण कम्पनी संग फागुन ८ गते सम्झौता भइ सकेको छ । संझौंता अनुसार २०८४ भित्र काम सक्नु पर्ने छ ।

तोकिएकै अवधिमा भवन निर्मार्णको काम पुरा भएमा दाङमै पहिलो पटक २०८४ पछि बिश्वविद्यालय तहबाटै सुचना प्रविधिको पढाइ सुरु हुने छ ।

इन्जिनियरिङ संस्थानको भवन निर्माण गर्न २० करोड ८७ लाख ४० हजार २२१ मा निर्माण पक्षले ठेक्का पाइ काम सुरु गरि सकेको छ ।


घोराही भरतपुरमा इन्जिनियरिङ अध्यन संस्थानको भवन निर्माणको काम सुरु भइ सकेपनि फागुन २१ गतेको निर्वाचनका कारण शिलन्यास भने गरिएको छैन ।


निर्वाचन आचार संहितका कारण भवन निर्माणको प्रक्रिया सुरु भएपनि शिलन्यास हुन नसकेको हो । निर्वाचन सकिएपछि मात्रै भवन शिलन्यासको कामले औपचारिकता पाउने छ ।

यो इन्जिनियरिङ क्याम्पसले दाङलाई सुचना प्रविधिको हबको रुपमा स्थापित गर्ने आशा गरिएको छ ।


घोराहीमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्यापन संस्थानको भवन निर्माणको काम थालनी भए संगै त्यसले जिल्लाबासी उत्साहित बनेका छन् । इन्जिनियरिङ क्याम्पसले सूचना प्रबिधिको क्षेत्रमा त्यसैगरि फड्को मार्ने हो भने भविश्यमा दाङ स्वास्थ्य तथा सूचना प्रबिधिको हव बन्न सक्ने आशा गरिएको छ ।


घोराहीमा इन्जिनियरिङ क्याम्पस स्थापनार्थ पहल गरेका एमाले महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शंकर पोखरेललेपनि इन्जिनियरिङ क्याम्पसको भवन निर्माणको प्रक्रिया सुरु भएपछि आफ्नो समाजिक संजाल मार्फत खुसी साटेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *