२०८३ भाद्र १० गते बुधवार

रोल्पामा जीप दुर्घटना एक महिलाको घटनास्थलमै मृत्यु, १२ जना घाइते


दाङ, फागुन १२ । रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । थप १२ जना घाइते भएका छन् ।


मंगलबार बिहान सवा ९ बजेतिर दाङ र रोल्पाको सीमना रोल्पाको रुन्टीगढी गाउँपालिका – ५ खुम्बासमा लु १ ज ४८५४ नम्बरको टाटा सुमो जीप दुर्घटनामा परि एक जना महिलाको घटनास्थलमै मृत्यु भएको हो ।


अन्दाजी ४५ बर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको घटनास्थलबाट इलाका प्रहरी कार्यालय होलेरी रोल्पाका बरिष्ठ सई ताराबहादुर छहरीले बताए ।


छहरीका अनुसार दुर्घटनाका घाइते मध्य तीन जनाको अबस्था गम्भीर छ । घाइते सबै १२ जनालाई उपचारका लागि दाङको घोराहीको लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

उक्त जिप दाङको घोराही बाट शहिद मार्ग हुँदै होलेरी तर्फ जाँदै थियो । जिप झन्डै डेढसय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुली नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *