२०८२ चैत्र २ गते सोमवार

माेटरसाइकलले ठक्कर बाट घाइते बेलटाकुरीकी चन्दको मृत्यु

तुलसीपुर, माघ २९ । मोटरसाइकलको ठक्कर बाट गम्भीर घाइते तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।


दुर्घटनाकी घाइते तुलसीपुर उपमहानगरपालिका – ११ बेलटाकुराकी ६० बर्षीया डम्मरकुमारी चन्दको उपचारका क्रममा बाँकेको नेपालगंजको नरसिंह होममा मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार घाइते चन्दको बुधबार राति करिब पौने १० बजेतिर मृत्यु भएको थियो ।

पैदलयात्री चन्दलाई माघ २७ गते बेलुकी ७ बजेतिर कटाँहबाट वेल्टाकुरा तर्फ जादै गरेको लु.प्र.०२–००२ प १९५७ नम्बरको मोटरसाइकले ठक्कर दिएको थियो ।

टाउको दुवै हात खुट्टा र छातिमा गम्भीर चोट पटक खेपेकी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचार पछि थप उपचारका लागि केही बेरमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा रिफर गरिएको थियो ।


चन्दको त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि सोही दिन राति नरसिङ होम नेपालगंजका लागि रिफर गरिएको थियो । चन्दको उपचारका क्रममा दोस्रो दिन राति मृत्यु भएको थियो ।


त्यो दुर्घटनामा परि मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ बुटनियाका २१ बर्षीय सन्तराम चौधरीपनि घाइते छन् ।

प्रहरीका अनुसार उनको पनि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी छ ।
घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *