२०८२ चैत्र २ गते सोमवार

देउखुरीमा टिप्परको ठक्करबाट अटो चालकको मृत्यु


दाङ, माघ २८ । दाङको कालाकाटेमा टिप्परले अटोलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । पाँच बिद्यार्थी घाइते भएका छन् ।


दाङको गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले बताए ।

डिएसपी बोहराका अनुसार बिहिवार बिहान सवा ६ बजेतिर भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्परले कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।


दुर्घटनाका गम्भीर घाइते भएका अटो चालक पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा बिहान सवा ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डबलबहादुर बमले बताए ।


इप्रका गढवाका प्रमुख बमका अनुसार अटोमा चढेर विद्यालय जान लागेको ५ जना विद्यार्थीपनि घाइते भएका छन् । घाइते मध्य एक जना विद्यार्थीको खुट्टा फ्याक्चर भएको उनले बताए ।

अन्य विद्यार्थीको अवस्थामा भने हेर्दा सामान्ने देखिएको भएपनि उनीहरुलाई उपचारका लागि बुटवल तर्फ पठाइएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *