दाङ, माघ २२ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।
डा. भट्टराइका पिता ९७ वर्षीय भोजप्रसाद भट्टराईको बिहीबार बिहान निधन भएको छ ।
काठमाडौंस्थित न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
भोजप्रसादलाई उपचारका लागि बुधबार अस्पतालमा भर्ना गरिएको थियो ।
पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार