दाङ, माघ २२ । काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गरेको आरोपमा बाँकेका एक युवा पक्राउ परेका छन् ।
बाँकेका प्रेम थारुलाई प्रहरीले गएराति गोली हानेर पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले काठमाडौं महानगरपालिका–६ महांकालबाट थारुलाई पक्राउ गरिएको बताए ।
प्रहरीले चलाएको गोली थारूको खुट्टामा लागेको छ। थारुको ट्रमा सेन्टरमा उपचार भइ रहेको छ ।
थारुको साथ बाट ६५ तोला चोरीका सुनका गरगहना बदारमद भएको पनि प्रहरीले जानकारी दिएको छ ।
मंगलबार मध्याह्न १२ बजेतिर घरमा मानिस पाँच तले घरको छतमा बसि रहेको समयमा चार तलामा ढोका कब्जा फोडेर चोरी भएको थियो ।
काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको त्यो घरबाट ४२ तोला सुनचाँदीका गहना चोरी भएको थियो । त्यसमा थारुको संलग्नता खुलेको प्रहरीले बताएको छ ।
पक्राउ परेका थारु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।