२०८३ साउन २६ गते मङ्गलवार

दाङबाट– काठमाडौं जाँदै गरेको घुमाउनेमा दुर्घटना –३८ जना घाइते (बिवरणसहित)


दाङ, माघ १६ । दाङबाट– काठमाडौं जाँदै गरेको बस चितवनको घुमाउनेमा दुर्घटना भएको छ ।

लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान करिब ३ बजेर १० मिनेट तिर ं अनियन्त्रित भइ मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा सडकमै पल्टिएको थियो ।

दुर्घटनामा परि ३८ यात्रु घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।


घाइते मध्य मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले उपलबध गराएका घाइतेहरु यी हुन –
मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत घाइते–

१ –सल्यान छत्रेश्वरी–५ की १८ बर्षीया लिला कवर मगर –टाउकोमा चोट– अवस्था सामान्य ।
२ – सोही ठाउँका २१ बर्षीय रमेश कवर मगर –टाउकोमा चोट –अवस्था मध्यम ।
३– दाङ गढवा–२ की २७ मिना चौधरी –वाँया खुट्टा भाँचिएको, अवस्था मध्यम ।
४– गढवा– २ का ३० बर्षीय विष्णु चौधरी –टाउकोमा चोट– अवस्था मध्यम ।
५ – सोही ठाउँकी २२ बर्षीया सन्ध्या पोखरेल –टाउकोमा चोट –अवस्था सामान्य ।
६– लमही नगरपालिका–२ का २१ बर्षीय प्रकाश चौधरी –निधारमा चोट –अवस्था सामान्य ।
७ – घोराही उपमहानगरपालिका –१६ का ६० बर्षीय फणेन्द्र पछाई –हात खुट्टामा चोट– अवस्था सामान्य ।
८– घोराही – १० की ६० बर्षीया उमा गौतम –टाउकोमा चोट– अवस्था मध्यम ।
९– घोराहीकी ४१ बर्षीया – शान्ति हमाल –सामान्य ।
१०– हमालकी छोरी १० बर्षीया प्रमिसा हमाल –सामान्य ।
११– रोल्पा होलेरीका ५० बर्षीय विष्णु बस्नेत –टाउकोमा चोट– अवस्था मध्यम ।
१२– नुवाकोट पञ्चकन्या–६ की ४० बर्षीया सुनिता तामाङ –टाउकोमा चोट– सामान्य ।
१३– सोही ठाउँका ४२ बर्षीय सुकमान तामाङ –टाउको र कम्मरमा चोट– अवस्था मध्यम ।
१४– सोही ठाउँका ४५ बर्षीय बुद्दीबहादुर तामाङ –ढाडमा चोट– अवस्था मध्यम ।
१५ – सोही ठाउँका २० बर्षीय सन्देश तामाङ –दायाँ हातमा चोट –अवस्था मध्यम ।

जनता केयर अस्पताल मुग्लिङमा उपचाररत घाइते–

१ रोल्पा रुन्टीगढी गाउँपालिका– ९ का वडाध्यक्ष ३५ बर्षीय चेतलाल खत्री –हातमा चोट– सामान्ने ।
२– दाङ घोराही– १७ का २४ बर्षीय दिनेश चौधरी –हातमा चोट– सामान्ने ।
३– घोराही–१० का २९ बर्षीय चक्र सिंह –हात र टाउकोमा चोट– सामान्ने ।
४– गढवा–२ का २६ बर्षीय श्रीराम चौधरी –टाउको , हातमा चोट– सामान्ने ।
५– दाङका बस चालक ३४ वर्षीय सुभाष वली – सामान्ने ।
६ – दुर्घटना हुँदा बस चलाइ रहेका चालक लमही – २ का २६ बर्षीय विपिन चौधरी –सामान्ने चोट ।

नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाइते–

१– दाङको लमही नगरपालिका–१ का ३३ बर्षीय गणेश चौधरी –हात खुट्टामा चोट – अवस्था मध्यम ।
२ – लमही– ३ की २१ बर्षीया रुपा चौधरी –निधारमा चोट – अवस्था मध्यम ।
३– राप्ती गाउँपालिका–५ की २४ बर्षीया माधुरी चौधरी –हात खुट्टा र ढाडमा चोट –अवस्था मध्यम ।
४ –सहचालक राप्ती गाउँपालिका मसुरिया – का २१ बर्षीय दिनेश चौधरी –वाँया कानमा भित्री चोट– अवस्था मध्यम ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइते–

१– गढवा गाउँपालिका ३ की ३१ बर्षीया सिमा चौधरी –वाँया हात र टाउकोमा चोट– अवस्था सामान्य ।
२– गढवा – ५ का १८ बर्षीय अभिषेक चौधरी –वाँया हात र ढाडमा चोट– अवस्था सामान्य ।
३– सोही ठाउँका २१ बर्षीय सम्राट चौधरी –टाउकोमा चोट –अवस्था सामान्य ।
४– घोराही उपमहानगरपालिका–१८ का ३६ बर्षीय शालिग्राम खत्री क्षेत्री –टाउको र वाँया हातमा चोट–अवस्था सामान्य ।
५–शान्तिनगर गाउँपालिका– २ का ६९ बर्षीय शालिग्राम शर्मा –टाउको र वाँया खुट्टामा चोट– अवस्था सामान्य ।
६– ठेगाना नखुलेकी ३७ बर्षीया माँया चौधरी –वाँया हात र अनुहारमा चोट– अवस्था सामान्य ।
७ –लमही –२ का ३२ बर्षीय निर्मल चौधरी –टाउको र ढाडमा चोट – अवस्था सामान्य ।
८– लमही – २ कै ३१ बर्षीया गीता चौधरी –टाउकोमा चोट– अवस्था सामान्य ।
९– सोही ठाउँकै १९ बर्षीय आवास चौधरी –वाँया खुट्टा र हातमा चोट– अवस्था सामान्य ।
१०– सोही ठाउँकै ३२ बर्षीय राजु चौधरी –अनुहार र वाँया खुट्टामा चोट– अवस्था सामान्य ।
११– गढवा – २ का ३२ बर्षीय लिखुराम चौधरी –टाउको र ढाडमा चोट– अवस्था सामान्य ।
१२–घोराही–१८ का ३१ बर्षीय बाबुराम थापा – शरिरमा चोट –अवस्था सामान्य ।
१३ – घोराही ४ – का ४० बर्षीय शुभराम वाग्ले –टाउकोमा चोट– अवस्था सामान्य ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *