दाङ, माघ १५ । बर्दियामा बाघको आक्रमण बाट एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको बारबर्दिया नगरपालिका – ११ जब्दीका ५० बर्षीय प्रेमबहादुर घर्ती मगरलाई घाँस काट्न गएको समयमा बिहीबार दिउँसो १ बजेतिर बाघले आक्रमण गरेको थियो ।
स्थानीय जनमुक्ति सामुदायिक वनमा घाँस काट्न गएको समयमा मगर माथि बाघले आक्रमण गरि गम्भीर घाइते तुल्याएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी देबेन्द्रकुमार मल्लका अनुसार बाघको आक्रमण बाट घर्ती मगरको घाँटीमा गहिरो घाउ खत लागेको तथा अवस्था गम्भीर रहेको जानकारी दिए ।
बारबर्दिया नगर अस्पताल मनिकापुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि मगरलाई बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा पुर्याएर उपचार भइ रहेको छ ।
सोही वडाकी ५५ वर्षीया छिदनी थारुको चितुवाको आक्रमण बाट माघ ६ गते मृत्यु भएको थियो । तोरी बारीमा तोरी काटी रहेकी थारुलाई बेलुकी साढे ६ बजेतिर चितुवाले आक्रमण गरि ज्यान लिएको थियो ।
बर्दियामा मानिस र वन्य जन्तु बीचको द्धन्द बढ्दै गएको छ ।
