२०८३ जेष्ठ १४ गते बिहिवार

प्रतिष्ठानकी तत्कालिन उपकुलपति भण्डारीसहित २० जना बिरुद्ध भ्रष्टार मुद्दा दायर


दाङ, माघ १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालिन उपकुलपति डा. संगीता सिंह भण्डारी सहित २० जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


प्रतिष्ठानको सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले तत्कालिन उपकुलपति डा. संगीता सिंह भण्डारीसहितलाई सात करोड ३१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको हो ।

खरिदको कुनै योजना बिना नै मेसिन खरिद गरेको र त्यसमा ठूलो धनराषी भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

अख्तियारले तत्कालिन उपकुलपति डा. भण्डारीसहित तत्कालीन कामु रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी र आषुतोश भण्डारी, अमितकुमार चौधरीका बिरुद्ध मुद्दा दायर गरेको छ ।

त्यस्तै प्रतिष्ठानका तत्कालिन शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी र अध्यापक डा. श्रीसिया पोख्रेल, सूचना प्रविधि अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्यूटर असिस्टेन्ट सतिशबहादुर शाही, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र स्टाफ नर्स विन्दु पौडेललाई प्रतिबादी बनाउँदै मुद्दा दायर गरिएको छ ।

अख्तियारले सीटीस्क्यान मेसिन आपूर्ति गर्ने हिमालयन मेडिटेक प्रालि त्यसका सञ्चालक अमर श्रेष्ठ र सञ्जु राजकर्णिकारलाई पनि मुद्दा दायर गरेको छ ।

अख्तियार प्रवक्ता सुरेश न्यौपानेले प्रतिष्ठानमा सिटी स्क्यान खरिद गर्दा ७ करोड ३१ लाख ८२ हजार ९८५ रूपैयाँ भ्रष्टाचार भएको फेला परेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *