२०८२ माघ २८ गते बुधवार

सुन तोलामा एकैदिन साढे ९ हजारले बढ्यो


दाङ, माघ १४ । नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भइ रहेको छ ।

एकै दिन सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रूपैयाँ महँगो भएको छ ।


मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्यपनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
मंगलबार तोलामा ६ हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार सात हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *