
फाइल फोटो
दाङ निर्बाचन क्षेत्र नं. २ को स्थानीय पुर्वाधार विकास साझेदारी परामर्श समितिको बैठक मगलवार बस्यो । क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय पारित गरेको हो ।
उक्त बैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा प्रदेश सासद शंकर पोख्रेल, प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, प्रदेश सासद अमरबहादुर डाँगी, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहनगरपालिका प्रमुख घनश्याम पाण्डे, जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल,बंगलाचुली गाउँपालिका प्रमुख भक्तबहादुर वलीको सहभागिता थियो ।
बैठकमा सवै सदस्यहरुले योजनाका बारेमा सुझाव राख्ने काम भएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्ण प्रसाद गौतमले बताए । बैठकले दुइ वटा वडा जोडने गरेर योजना छनौट गर्ने निर्णय गरेको समेत समन्वय अधिकारी गौतमले बताए । परामर्श समितिमा छलफल भएका योजना निर्देशक समितिमा पठाउने व्यवस्था छ । निर्देशक समितिले पास गरेमा योजनाहरु कार्यान्वयनमा जाने छन् । दाङमा तीन वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचन क्षेत्रको लागि सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कार्यक्रम अन्तर्गत २० योजना छनौट गनुपर्ने व्यवस्था छ । त्यसमध्य ५०÷५० लाखका दुईवटा योजना र बाँकी १० लाखभन्दा माथिका अन्य योजना छनौट गर्नु पर्ने व्यवस्था छ । यस अघि निर्बाचन क्षेत्र न १ र ३ को बैठक यसअघि नै भइसकेको छ ।