दाङ, माघ १२ । सुर्खेतमा इभी गाडीको ठक्कर बाट घाइते मोटरसायकल चालकको मृत्यु भएको छ ।
सुर्खेतको लाटीकोइलीका ४२ बर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
सोमबार बिहान पौने १० बजेतिर सुर्खेत बाट नेपालगंज तर्फ जाँदै गरेको क.प्र.०२००१ ज् ०६२३ नम्बरको इभी गाडीले बिपरित दिशाबाट आउदै बिसीले चलाएको भे.६ प. ३३२१ ननम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गाडी चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ७ का ४४ बर्षीय बालकृष्ण रिजाल प्रहरी नियन्त्रणमा छन् ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ माघ १२ गते सोमवार
