तुलसीपुर, माघ ९ । तुलसीपुरमा शुक्रबार दिउँसो मोटरसाइकलले पैदल यात्रुलार्य ठक्कर दिदा तीन जना घाइते भएका छन् ।
घाइते मध्य पैदल यात्रु तुलसीपुर – १७ की ३३ बर्षीया रमा चौधरीको अवस्था गम्भीर रहेको छ । उनको टाउको, मुख हात खुट्टामा चोट पटक छ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि चौधरीलाई थप उपचारका लागि दिउँसो २ बजेतिर घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।
दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर – ४ बनहरीका २३ बर्षीय अरुण चौधरी र पछाडि सवार तुलसीपुर – ५ बसपार्कका २० बर्षीय आभास केसी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार दिउँसो पौने २ बजेतिर तुलसीपुर – ७ कालाखोला नजिकै तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।
अन्य दुई घाइतेको राप्ती लाईफ केयर हस्पिटल मोतिपुरमा उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ ।