दाङ, माघ ९ । नेपाली बजारमा शुक्रबार सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा सुन तोलाकै ३ लाख १ हजार ४ सय रूपैयाँमा कारोबार भइ रहेको छ ।
केही दिन यता सुनको भाउ लगातार बढिरहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितेला नौ हजार दुई सय रूपैयाँ बढेको हो।
बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार भने सुन केही घटेर प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार तोलामा पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६ हजार एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार