दाङ, माघ १ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका छन् ।
काठमाडौंको भृकुटी मण्डपमा भएको दोस्रो बिषेश महाधिबेशन बाट थापा सर्वससम्मत रुपमा सभापतिमा चयन भएका हुन ।
जस्को उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल, महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल लगाएत सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरिएका हुन ।
सहमहामन्त्रीमा दाङको क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने यसअघिका केन्द्रीय सदस्य योगेन्द्र चौधरी (थारू) बनाइएका छन् । चौधरीलाई काँग्रेसले दाङ क्षेत्र नं. १ बाट फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका लागि १ नम्बरमा नाम सिफारिस गरेको थियो ।
त्यस्तै दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने केशव आचार्य केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित गरिएका छन् ।
नेकपा एमालेका नेता तथा तत्कालिन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा काँग्रेसले नेता आचार्य उम्मेदवार बनाएको थियो । त्यो उपनिर्वाचनमा आचार्य उत्तर पत्नि विमला केसी वली संग पराजित भएका थिए ।
त्यस्तै दाङको क्षेत्र नं. १ का प्रदिप शर्मा र क्षेत्र नं. २ की लिला नेपाली केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित गरिएका छन् ।
निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार मध्य राति साढे १२ बजे पछि विशेष महाधिवेशन हलमा निर्वाचित पदाधिकारीको नाम सुनाउन थालेका थिए। उनले बिहीबार बिहान करिब २ बजेसम्म सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यको नाम वाचन गरेका थिए ।
केसीका अनुसार सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ताकुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) निर्वाचित भएका छन्।
काँग्रेस सभापति शेरबहादुर देउवासँग कुरा मिल्न नसकेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति चयन गरेको हो।
विशेष महाधिवेशन पक्षले देउवा पार्टीको सक्रिय भूमिकाबाट अलग हुनुपर्ने र कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरी उनकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव राखेको थियो। देउवा र उनी पक्षका नेताहरूले त्यो कुरा अस्विकार गरेका थिए ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी ५ बर्षका लागि कारबाही गर्ने निर्णय गरेको थियो।