दाङ, पुस ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बुधबार बिहान भएको वार्ता नानिष्कर्ष बिहीन टुंगिएको छ ।
जस्ले पार्टी भित्र थप संकट पैदा गर्ने संकेतहरु देखिएका छन् ।
देउवा निवास महाराजगन्जमा बुधबार बिहान सभापति देउवा र दुई महामन्त्रीबीच करिब एक घन्टा लामो भएको वार्तामा महामन्त्रीद्धयले सभापति देउवालाई राजीनामा दिन र पार्टीको सक्रिय भूमिकाबाट अलग हुन आग्रह गरेका थिए । त्यो कुरा सभापति देउवाले अस्वीकार गरेका थिए ।
कुरा नमिले पछि महामन्त्रीद्धय देउवा निवास महाराजगन्जबाट निस्किएर विशेष महाधिवेशन स्थलतर्फ लागेका थिए ।
वार्ता नमिले पछि संस्थापन पक्षका नेतापनि केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपामा जुट्न थालेका छन् ।
असन्तुष्ट पक्षले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा अब निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने प्रक्रिया थालनी हुने बताएका छन् ।
यो संगै पार्टीमा बिभाजनका रेखाहरु कोखिन थालेको भन्नै कतिपय काँग्रेस नेताहरुले चिन्ता जाहेर गरेका छन् । बरिष्ठ नेता शेखर कोइरालाले पार्टी बिभाजन हुन नहुने बताउँदै आएका छन् ।