२०८२ माघ २३ गते शुक्रवार

दाङमा ९ दिनमा ३८ प्रतिबादी र बालुवा गिट्टी चार्ने १० साधन पक्राउ

१८ लाख बढी राजश्व संकलन

तुलसीपुर, पुस २९ । दाङ प्रहरीले बितेको नौ दिनको अवधिमा ३८ फरार प्रतिबादी र बालुवा गिट्टी चोरी कार्यमा संलग्न दश सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

यो कारबाही बाट १८ लाख बढी राजश्व संकलन भएको छ ।
जिल्लामा पुस २० गतेदेखि २९ गतेको अवधिमा ३८ जना बिभिन्न फरार प्रतिबादीलाई पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।

३८ जना फरार प्रतिबादी बाट १२ लाख ६० हजार ६ सय ९० रुपैयाँ राजश्व संकलन भएको छ भने ३४ बर्ष नौ महिना सात दिन कैद सजाय भुक्तान हुने भएको छ ।

बितेको नौं दिनको अवधिमा अबैध रुपमा नदी तथा खोला जन्य बस्तु उत्खनन् तथा चोरी कार्यमा संलग्न रहेका नौं वटा ट्याक्टर र एउटा जेसेबी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता शाहले बताए ।

ती सवारी साधनलाई कारबाही गर्दा पाँच लाख ५२ हजार चार सय २७ रुपैँया राजश्व संकलन भएको शाहले जानकारी दिए ।

नौं दिनको अवधिमा फरार प्रतिबादीलाई अदालतले तोकेको आर्थिक जरिवाना र अबैध बालुवा गिट्टी चोरीमा संलग्न सवारी साधन माथि आर्थिक कारबाही गर्दा १८ लाख बढी राजश्व संकलन भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *