दाङ, पुस २९ । रोल्पामा खोला किनारमा एक जना पुरुषको शब फेला परेको छ ।
जिल्लाको सुनिलस्मिृति गाउँपालिका – ४ लुङ्ग्री खोला किनारमा एक जना पुरुषको शब फेला परेको हो ।
मृतक स्याङ्जाको गल्याङ नगरपालिका – ५ मौनडाँडाका ४६ बर्षीय सागर न्यौंपाने रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।
स्थानीयले खोला किनारमा शब देखेपछि मंगलबार दिउँसो १ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले पौने ३ बजेतिर गइ बुझ्दा मृतकको पहिचान भएको प्रहरी निरीक्षक थापा नेपालीले बताए ।
घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार