दाङ, पुस २७ । तुलसीपुर घर भइ सल्यानमा कार्यरत एक जना बरिष्ठ हवलादर सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ८ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत ४१ बर्षीय बरिष्ठ हवल्दार भिमबहादुर केसी आइतबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन ।
उनी ब्यारेक भित्र बेडमा मृत अवस्थामा बिहान ६ बजेतिर फेला परेका थिए । उनी पुस २२ गते मात्रै बरिष्ठ हवल्दार पदमा बढुवा भएका थिए ।
बिहान ६ बजे पिटीका लागि उठाउन खोज्दा उनी मृत अवस्थामा फेला परेका थिए । ब्यारेकमा संगै सुतेका अरु सहकर्मी कसैले पनि उनी बिरामी भएको वा मृत्यु हुँदा थाहाँ पाएका थिएनन् । उनी बेलुकी खाना खाएर सुतेका थिए ।
हृदय घातका कारण केसीको मृत्यु भएको प्रहरीले बताएको छ । घर परिवारले अन्तेष्टिका लागि शब तुलसीपुर ल्याइ सकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।