२०८२ माघ २३ गते शुक्रवार

दाङका गिरिराज केसी र कालुराम चौधरी लगाएतलाई प्रचण्डले पार्टीमा स्वागत गरे

दाङ, पुस २५ । दाङका पूर्व नेकपा एमालेका नेताहरु गिरिराज केसी र कालुराम चौधरी लगाएत नेपाली कम्युनिष्ट पार्टीमा पार्टी प्रबेश गरेका छन् ।

शुक्रबार काठमाडौंको ललितपुरस्थित नेकपाका नेता नारायण काजी श्रेष्ठको निवास हात्तिबनमा केसी र चौधरीसहितका एमालेका नेताहरु नेकपामा पार्टी प्रबेश गरेको नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए ।

केसी २०७९ सालको निर्वाचनमा नेकपा (एमाले) को तर्फ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा चुनाब लडेका थिए ।
दाङ निर्वाचन क्षेत्र २ (२) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड बिक्रम न्यौंपाने बिजयी भएका थिए ।

एमालेका केसी पराजित भएका थिए । एमाले दाङका पुराना नेता मध्यमा पर्ने केसी पछिल्लो समय एमाले बाट बिद्रोह गरि संयुक्त बाममोर्चा दाङको संयोजक बनेका थिए ।


केसी संगै घोहोराही उपमहानगरपालिकाका पूर्व उपमेयर दामोदर अधिकारीपनि नेकपामा पार्टी प्रबेश गरेका छन् । तुलसीपुर उपमहानगरपालिका – ११ का बेलगनारका कालुराम चौधरीपनि एमाले त्यागेर नेकपामा प्रबेश गरेका छन् ।

चौधरीको राजनीतिक पृष्ट भूमी पूर्व नेकपा माओबादी नै हो । कतब्र्यज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाए पछि उनी काठमाडौं कारागारमा थुनामै रहेको समयमा आममाफी पाएर छुटेका थिए ।


जतिखेर एमाले महासचिव शंकर पोख्रेल लुम्बिनीको मुख्यमन्त्री थिए । चौधरी रिहा भएपछि एमालेमा पार्टी प्रबेश गरेका थिए ।


दाङका पूर्व एमाले नेताहरु दुर्गादत्त शर्मा,पिताम्बर आचार्य, आरडी यादव, केबी चौधरीपनि नेकपामा पार्टी प्रबेश गरेका छन् ।


नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधवकुमार नेपाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगाएतले पार्टीमा उनीहरुलाई स्वागत गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ पुष २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *