२०८३ असार २८ गते आइतवार

आमासहित दुई जना अचेत,३८ दिनकी शिशु मृत फेला

दाङ, पुस १७ । सुर्खेतमा ३८ दिनकी शिशु मृत अवस्थामा फेला पर्दा सुत्केरी आमासहित दुई जना अचेत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको भेरी गंगा नगरपालिका – २ घर भइ बीरेन्द्रनगर नगरपालिका – १२ विरुवा बारीमा कोठा भाडामा बस्दै आएका ३२ बर्षीया तारा बुढाकी ३८ दिनकी छोरी मृत अवस्थामा र तारा र उनकी भदैनी १३ बर्षीया संगम बुढा बेहोस अवस्थामा फेला परेका हुन ।

ताराका १० बर्षीय छोरा प्रकाश बुढाको अवस्था भने सामान्ने रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

बिहान साढे ९ बजेसम्म पनि ढोका नखुलेपछि घर बेटीले बोलाउँदा १० बर्षीय प्रकाशले ढोका खोलेका थिए । ३८ दिनकी शिशुको मृत अवस्थामा फेला पर्दा उनकी आमा तारा र ताराकी भदैनी अचेत अवस्थामा फेला परेका थिए ।

आमा छोरासहित तीनै जनालाई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगेर उपचार भइ रहेको छ ।

सर्खेतका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार उनीहरु बुधबार बेलुका कोठा न्यानो गराउनका लागि कोइला बालेर सुतेका थिए ।

झयाल ढोका थुनेका कारण सोही कोइलाको बिशाक्त धुँवाले कोठा भरिएपछि ३८ दिनकी शिशुको मृत्यु हुन पुगेको पूर्व अनुमान गरिएको छ । बिषालु धुँवाले कोठा भरिएका कारण तारा र उनकी भर्दैनी बेहोस भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *