तुलसीपुर, पुस १६ । तुलसीपुरको हापुर खोला बगरमा घाइते अवस्थामा फेला परेका घोराहीका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १७ स्थित हापुर खोलाको बगरमा टाउकोमा चोटग्रस्त अवस्थामा मंगलबार राति
घोराही उपमहानगरपालिका – ९ तेघराका ३३ बर्षीय बिजय पौडेल फेला परेका थिए ।
घाइते पौडेलको उद्धार गरि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठामा उपचारका लागि पुर्याइएको थियो ।
गम्भीर अवस्थाका घाइते पौडेललाई घोराहीबाट राति नै थप उपचारका लागि भनेर बाँकेको नेपालगंज रिफर गरिएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार पौडेलको उपचारका क्रममा बुधबार बिहान नेपालगंजमा मृत्यु भएको थियो ।
प्रहरीले घटना अनुसन्धानका लागि बिभिन्न ब्यक्तिहरुलाई सोधपुछ तथा अनुसन्धान भइ रहेको जानकारी दिएको छ ।
तुलसीपुर र घोराहीबाट प्रहरी अधिकारीहरु घटना अनुसन्धानका लागि खटिएका छन् ।