२०८३ साउन २४ गते आइतवार

लक्ष्मण न्यौपाने भए फोटो ग्राफर एसोशिएसन दाङको अध्यक्ष

हिमाल महरा,घोराही पुस , १३ । फोटोग्राफर एसोशिएसन दाङको अध्यक्षमा लक्ष्मण न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

शनिबार घोराहीमा भएको एसोशिएसनको १७ औँ साधारणसभा तथा ९औँ अधिवेशनले न्यौंपानेको नेतृत्वमा सर्वसहमत रूपमा कार्यसमिति चयन गरेको हो ।


जस्को उपाध्यक्षमा डिल्लीराम पोख्रेल, हुमबहादुर रेग्मी र मनिराम वेलबासे छन । महासचिवमा यामबहादुर आरसी, सचिवमा गैरिकुमार चौधरी र कोाषाध्यक्ष जीवराज भट्टराई चयन गरिएका छन् ।

एसोशिएसनको कार्यसमितिका सदस्यमा अनुप चौधरी, प्रेम चौधरी, सन्तोष चौधरी, रामप्रसाद भुषाल, रोशन चौधरी, भोला चौधरी र हरिहर न्यौपानेलाई चयन गरिएको छ ।


जिल्ला फोटोग्राफर एसोसिएसनका यसअघिका अध्यक्ष दुर्गाप्रसाद चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख अतिथ्यतामामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *