२०८३ साउन २६ गते मङ्गलवार

अमृतपुर खानेपानीको अध्यक्षमा काँग्रेसका दशरथ वली निर्वाचित

तुलसीपुर, पुस ११ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार दशरथ वली निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार जीतबहादुर खड्कालाई पराजित गर्दै काँग्रेसका उम्मेदवार वली निर्वाचित भएका हुन ।


उपाध्यक्षमा भने मेघराज पाण्डे निर्वाचित भए । पाण्डे एमालेका खड्का नेतृत्वको सयुक्त प्यानलका उम्मेदवार हुन । उनी नेकपा(बिप्लव) निकटकमा हुन ।

त्यस्तै सचिवमा पनि खड्का प्यानलकै उम्मेदवार मुक्तिप्रसाद भट्टराई निर्वाचित भए ।
सहसचिवमा भने काँग्रेस उम्ेदवार वली प्यानका रत्न केसी निर्वाचित भए । कोषाध्यक्षमा निर्वाचित लालबहादुर वलीपनि काँग्रेसकै वली प्यानलका हुन । खुल्ला सदस्य तर्फ अध्यक्ष वली प्यानकै उम्मेदवार कृष्णबहादुर बिक र महिला सदस्य तर्फ लक्ष्मी केसी निर्वाचित भए ।

त्यस्तै एमाले निकट खड्का प्यानल बाट खुल्ला सदस्यमा इन्द्रजित थारु र महिला सदस्यमा मिनुका पन्थी निर्वाचित भए । काँग्रेसका वली प्यानले मनोनयनमा गरेको प्राबिधिक त्रुटीका कारण एकजना सदस्य भने एमालेको खड्का प्यानका पहिरै निर्वारोध निर्वाचित भएका थिए ।

अमृतपुर खाने पानीको नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा एमाले समर्थित उम्मेदवार प्रतिष्पर्धाका लागि मैदानमा उत्रिएका थिए ।

नेपाली काँग्रेस र नेपाली कम्यूनिष्ट तथा नेकपा एमाले र बिप्लव नेतृत्वको नेकपा बीचमा चुनाबी तालमेल भएको थियो ।

खाने पानीको अध्यक्ष पदका लागि नेपाली काँग्रेसका दशरथ वली र नेकपा एमाले बाट जीतबहादुर खड्का प्यानल नै बनाएर मैदानमा उत्रिएका थिए । दुबै पक्षले प्यालन निर्माण गरि परिनाम आफ्नो पक्षमा पार्न अभियान नै चलाएका थिए ।

उनीहरु प्यानलसहित उपभोक्ताको घर घरमै पुगेर मत मागेका थिए । त्यसमा उनीहरु समर्थित राजनीतिक दलहरुले पनि संगै भोट माग्दै हिडेका थिए ।

अमृतपुर खाने पानीको नेतृत्व चुन्न ४११० जना उपभोक्ताले मताधिकार पाएका थिए । त्यसमध्य ३०१५ मत खसेको थियो ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *