दाङ, पुस ९ । कपिलवस्तुमा ट्रकको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मायादेवी गाउँपालिका–६ डुम्राका २४ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्र कुमारले जानकारी दिए ।
हुलाकी सडक खण्ड अन्तरगत तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु.प्र .०१–००१ ख ०६८३ नम्बरको ट्रकले मायादेवी गाउँपालिका–१ मा बुधबार बिहान करिब २ बजेतिर ठक्कर दिएको थियो ।
गम्भीर घाइते मुसलमानलाई उपचारका लागि कपिलवस्तु जिल्ला अस्पताल पुर्याउँदा तत्कालै चिकित्सकले मृत घोषणा गरेका थिए ।
चालक र ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा छन् । घटना बारे थप अनुसन्धान भइ रहेको डिएसपी कुमारले बताए ।
प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार