२०८२ माघ ३ गते शनिवार

रोल्पामा अटो १५० मिटर तल खस्यो,चालकको मृत्यु

दाङ , मंसिर २६ । रोल्पामा शुक्रबार भएको अटो दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका – ३ का ५४ बर्षीय रेगबहादुर बिष्टले मृत्यु भएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए ।

सुनिलस्मृति –३ रोहवाङदेखि सुलिचौर तर्फ जाँदै गरेको रा १ ह ३३५८ नम्बरको अटो ग्रामिन कच्ची सडक खण्डको साउनेखोला भन्ने स्थान बाट एक सय ५० मिटर तल खसेको थियो । जति खेर अटो चालक एक्लै सवार थिए ।


गम्भीर अवस्थाका घाइते अटो चालक बिष्टको उद्धार पछि उपचारको लागि सुलिचौर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *