२०८३ साउन १ गते शुक्रवार

करेन्ट लगाइ माछा मार्ने क्रममा १० बर्षे बालकको मृत्यु

तुलसीपुर, मंसिर १३ । करेन्ट लगाइ माछा मार्ने क्रममा एकजना बालकको मृत्यु भएको छ ।


दंगीशरण गाउँपालिका – ३ का १० बर्षीय निरज चौधरीको शनिबार दिउँसो बबइ नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज अत्रीका अनुसार दिउँसो पौने २ बजेतिर बालक चौधरीलाई करेन्ट लागेको सूचना आएको थियो । उनलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।


घटना अनुसन्धानका लागि संगै करेन्ट लगाइ माछा मार्न गएका थप चार जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनास्थलबाट जेनेटर र तार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *