२०८३ साउन २४ गते आइतवार

महरा २० लाख धरौटीमा छुटे

दाङ, मंसिर ११ । पूर्व सभामुख कृष्णबहादुर महरा बिहीबार २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।


त्यसपछि महरा तोकिएको धरौटी बुझाएर रिहा भएका हुन । उच्चको आदेशपछि जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाएर उनी छुटेका हुन ।

महरा पछिल्लो समय असोज २९ गतेको आदेश पछि पक्राउ परेका थिए । पहिलो पटक सिआइबीले महरालाई २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरेको थियो। तर, उतिखेर महराका बिरुद्ध मुद्दा नचलाइएको हुँदा बयान लिएर हाजिर जमानीमा छाडिएको थियो ।

भेपमार्फत सुन तस्करी गरेको अभियोग महराका बिरुद्ध छ । २०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ठूलो संख्यामा भेप फेला परेको थियो ।

जस्मा ९ किलो सुन बरामद भएको थियो । विमानस्थलकै भन्सारबाट सुन चोरी भएपछि मात्र सुन तस्करी बारे नयाँ काण्ड खुलेको थियो ।

आँफु पदमा बहाल रहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरूण पोखरेललाई फोन गरि बरामद भेप छोड्न दबाब सृजना गरेको आरोप महरा माथि छ । यो मुद्दा सिआइबीले अनुसन्धान गरेको थियो ।


त्यही भेपमार्फत गरिएको सुन तस्करी मुद्दामा आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरि महरा बिरुद्ध मुद्दा दायर गरिएको थियो ।


पुर्खेउली घर रोल्पा रहेका महरा पछिल्लो समय बसाइ सराइ गरि दाङको घोराहीमा बस्दै आएका छन् । सभामुख हुँदा उनी दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । जति खेर उनी एक जना महिला संगको सम्बन्धका कारण पक्राउ परेका थिए ।


तत्कालिन नेकपा (माओबादी) हुँदै नेकपा (माओबादी केन्द्र) सम्म पार्टी भित्र महरा एक महत्वपूर्ण नेताका रुपमा स्थापित नेता थिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *