तुलसीपुर, मंसिर २ । झन्डै तीन दशक पहिले तुलसीपुरमा सबै भन्दा पहिले जिम क्बल स्थापना गर्ने ब्यक्ति आषिश श्रेष्ठ हुन । अहिले पनि बाहिनी चोक नजिकै आफ्नै घरका उनको जिम क्लब चलि रहेको छ ।
तुलसीपुरमा जिम क्बल भित्र्याउने श्रेय उनैलाई जान्छ । श्रेष्ठले जिम क्बल खोलेको झन्डै दशक पछि मात्रै तुलसीपुरमा अरुले पनि जिम क्लब खोल्न थालेका हुन ।
त्यसपछि होटेल वष्टर्न प्यालेसले तुलसीपुरमा आधुनिक उपकरणसहतिका जिम क्बल भित्याएको मान्ने गरिन्छ । तुलसीपुरमा अरु थप दुई वटा जिम क्लबहरु छन् ।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका – ६ बरुवा गाउँमा सबै भन्दा आधुनिक सामानसहितको जिम क्बल खुलेको छ । जस्मा झन्डै तीन करोड लगानी रहेको दाबी लगानी गर्नेहरु बताउँछन् ।
‘द मसल्स ग्यारेज’ जिम क्लब तुलसीपुरमा संचालित मध्य हालसम्मकै ठूलो लगानीको र अत्याधुनिक उपकरणसहितको जिम क्लब मानिएको छ ।
यो जिम क्लबमा तुलसीपुरका ब्यबसायी ललितजंग शाह, युवा होटेल ब्यबसायी बिजय गिरी लगाएतको लगानी छ ।
८० प्रतिसत जति शेयर शाह र उनको परिवारको छ भने गिरीको २० प्रतिसत जति शेयर छ ।
क्बल संचालक समितिका अध्यक्ष शाहका अनुसार करिब ८ कठ्टा जग्गा मासिक ४० हजार बढी तिर्ने सर्तमा १७ बर्षका लागि भाडामा लिइएको छ । १५ महिना पहिले यो जिम क्लब निर्माणको काम सुरु भएको थियो । कात्तिकदेखि यो संचालनमा आएपनि औपचारिक रुपमा उद्घाटन भने भइ नसकेको शाहले बताए ।
नयाँ शैली सिनेमा घरको बालकोनी सैलीमा जिम घर निर्माण गरिएको छ । जस्को हलले ओगटेको जग्गाको क्षेत्रफल मात्रै एक कठ्ठा जति रहेको शाहले बताए । भाडामा लिएको मध्य अगाडि र पछाडिको जग्गा भने खाली नै छ ।
त्यसमा पनि भविश्यमा आवश्यक संरचना थप्दै जाने योजना रहेको शाहले बताए । ‘द मसल्स ग्यारेज’को प्रबन्धकमा शाहका छोरा प्रतिक छन् । ललितका अनुसार उनीहरुको जिम क्लबमा ब्यायाम गर्न आउनेहरुका लागि मासिक , त्रैमासिक, अर्धबार्षिक र बार्षिकका प्याकेजहरु छन् ।
आँफुहरुले खोलेको क्लबमा पश्चिम नेपालमै अत्याधुनिक सामान र मेसिनहरु रहेको शाहले बताए ।