२०८२ मङ्सिर २३ गते मङ्गलवार

ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, महिला गम्भीर घाइते

दाङ , कात्तिक २८ । रोकी राखेको ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक जुम्लाको पातारासी गाउँपालिका–३ का ४५ वर्षीय जनबहादुर बुढाको उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको हो ।

दुर्घटनाका गम्भीर घाइते बुढालाई उद्धार गरि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो ।


उनको त्यही राति ८ बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यो दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार तिला गाउँपालिका – ५ की ३९ बर्षीया शारदा शाही गम्भीर घाइते छिन् । उनको हाल प्रतिष्ठानमा उपचार जारी छ ,।

बिहीबार बेलुकी साढे ७ बजेतिर चन्दननाथ नगरपालिका–६ यातायात कार्यालय नजिकै रोकिराखेको भे २ त १८६८ नम्बरको ट्याक्टरको ट्रलीमा भे ७ प २२२२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।


जुम्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार मोटरसाइकल जुम्ला बजार बाट राखली तर्फ जाँदै थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रहरीले ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *