२०८२ मङ्सिर २३ गते मङ्गलवार

दाङमा अदालत र प्रहरी कार्यालयमा आगजनी गर्ने ११ जना पक्राउ

तुलसीपुर, कात्तिक २३ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदालत र प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरि अनुसन्धान थालेको छ ।

दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले अदालत र प्रहरी कार्यालयमा गरिएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आशंकामा ११ जना जतिलाई पक्राउ गरि अनुसन्धान थालिएको बताए ।


अनुसन्धान जारी रहेको भन्दै उनले अनुसन्धान पुरा भएपछि मात्रै नाम सार्वजनिक गरिने बताए ।

उच्च अदालत तुलसीपुर, घोराहीस्थित जिल्ला ट्राफिक कार्यालय, इलाका प्रहरी कार्यालय नारायणपुर, जिल्ला अदालत , घोराही उपमहानगरपालिकामा तोडफोड, लुटपाट र आगजनी गर्नेहरुको खोजी भइ रहेको प्रहरीले जनाएको छ ।


तर, हालसम्म निजी सम्पत्तिमा गरिएको क्षति बिरुद्ध हालसम्म कसैले पनि जिल्लामा जाहेरी नदिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *