दाङ, कात्तिक २२ । रोल्पामा बारी जोत्ने क्रममा कपडा अल्झिए पछि भएको दुर्घटनामा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
रोल्पा नगरपालिका–५ बजबाङका ४८ बर्षीय यज्ञबहादुर महराले शुक्रबार बिहान हाते ट्रयाक्टरले बारी जोत्दै गर्दा साथमै रहेकी ४५ बर्षीया उनकी श्रीमति भिमली महराको कपडा अल्झिएपछि भएको दुर्घटनामा श्रीमान श्रीमति घाइते भएका थिए ।
दुर्घटना पछि दम्पत्तिलाई उपचारका लागि प्यूठानस्थित प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री पुर्याइएको थियो ।
भिमलीको दिउँसो भिङ्ग्रीमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बिरेन्द्रविर विश्वकर्माका अनुसार श्रीमान यज्ञबहादुरलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार
