२०८२ मङ्सिर २३ गते मङ्गलवार

इन्टरनेटका कर्मचारीको करेन्ट लागेर युवकको मृत्यु

दाङ, कात्तिक २१ । रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।


जिल्लाको आठबिसकोट नगरपालिका – २ का २२ बर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार
आठबिसकोट – ३ मा शुक्रबार दिउँसो इन्टरनेटको तार जोड्ने क्रममा बिद्युत तार छुन पुग्दा थापालाई करेन्ट लागेको थियो ।


अचेत अवस्था थापालाई जिल्ला अस्पताल सल्ले पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।


घटना बारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *