२०८२ मङ्सिर २३ गते मङ्गलवार

सरसफाइका हिसावले तुलसीपुरका कुन होटेल कस्तो ?

मेट्रो दरबार अति उत्तम, डिलाइट र ड्रिम्समा ब्यापक सुधारको जरुरी

तुलसीपुर, कात्तिक २१ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले यहाँका बिभिन्न होटेलहरुको स्थलगत निरीक्षण पछि बर्गिकरण गरेको छ ।

होटेलको खाना पकाउने ठाउँको सरसफाइको अवस्था, खाद्य बस्तु भण्डार गर्ने तरिका, खाद्य बस्तुको गुणस्तर आदिको निरीक्षणका आधारमा बिभिन्न होटेलहरुको अवस्था लेबलिङ गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालका अनुसार तुलसीपुरका १३ वटा होटेल तथा रेक्ष्ष्टुँराहरुमा बिहीबार अनुगमन गर्दा सबै भन्दा सबैभन्दा लापरबाही डिलाइट कर्णर रेष्टुँरा र ड्रिम्स ब्याङक्यूटमा पाइएको थियो । उनीहरुलाई सचेत तुल्याइएको छ ।

त्यस्तै सबै भन्दा राम्रो सरसफाई तथा ब्यबस्थापन मेट्रो होटेल दोघरे र मेट्रो दरबारमा पाइएको छ ।
अनुगमन टोलीले यि दुईलाई थ्री स्टार प्रदान गरेका थिए । जस्को अर्थ ती अति उत्तम भन्ने हो ।


टु स्टार प्राप्त गरि उत्तम अंक प्राप्त गर्नेमा होटल वष्टर्न प्यालेस, खुसी संसार, दाङमाण्डु थकाली, मट्का रेष्टुरेन्ट प्यालेस छन् ।


त्यस्तै कुहिनुर प्लाजा होटेल, रुफटप रेष्टँरा, कराही ब्याङक्यूट, पलाउ रेष्टँराले एक तारा प्राप्त गर्दै सन्तोष जनकको कित्तामा परेका थिए ।


अनुगमनका क्रममा होटेल व्यवसायी संघ, तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर उपमहानगरपालिकाका प्रतिनिधिपनि सहभागि थिए । ‘द पार्क क्याफे’ बाट अनुगमन सुरु भएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *