२०८२ मङ्सिर २२ गते सोमवार

तुलसीपुर बस्ने युवक घोराही बाट ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर, कात्तिक १९ । दाङ प्रहरीले घोराहीको एक होटेल बाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।


घोराही उपमहानगरपालिका – १४ नयाँ बसपार्कको ‘रोल्पा थवाङी शिरिषा होटेल’मा लागु औषध ब्राउन सुगरसहित रुकुम पुर्व भुमे गाउँपालिका –२ का २३ बर्षीय निस्मत गुरुङ पक्राउ परेका हुन ।

पछिल्लो समय गुरुङ तुलसीपुर उपमहानगरपालिका – १७ हेमन्तपुरमा बस्दै आएका थिए ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनको साथबाट १ ग्राम ४५० मिली ग्राम ब्राउन सुगर बरामद भएको छ । दाङ जिल्ला अदालतले गुरुङलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *