२०८२ मङ्सिर २३ गते मङ्गलवार

‘द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुर’ बाट एकै लटमा १६ जनाले नेपाली सेनामा नाम निकाले

तुलसीपुर, कात्तिक १८ । ‘द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुर’ बाट एकै लटमा १६ जनाले नेपाली सेनामा नाम निकाल्न सफल भएका छन् ।

६ महिला र १० पुरुष गरि एकै लटमा १६ जनाले नाम निकालेपछि मंगलबार ‘द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुर’ले ‘कराही ब्याङक्यूट’ मा बिदाइ तथा शुभकामना कार्यक्रम गरेको हो ।


सेन्टरका संचालक गोरख भण्डारीको अध्यक्षता र नेपाल प्रेस यूनियन दाङका अध्यक्ष नारायण खड्काको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खड्काले नेपाली सेना जस्तो गौरब बोकेको संस्थामा नाम निकाल्न सबैलाई बधाइ ज्ञापन गर्दै नेपाली सेनाको इज्जत प्रतिष्ठामा आँच नआउने गरि काम गर्न आग्रह गरेका थिए ।


युवा पुस्ताले बिदेश मात्रै रोजी रहँदा आफ्नै देशको रक्षा र जनताको सुरक्षाको लागि स्वदेशमै गौरबपूर्ण संस्थामा जोडिनु चानचुनी कुरा नभएको भन्दै पत्रकार खड्काले त्यो संस्थाको गरिमा, आँफुले तालिम सिकेको संस्थाको प्रतिष्ठामा कहिलै दाग नलाग्ने गरि कार्य सम्पादन गर्न सुझाएका थिए ।


त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपाल दाङका सचिव दीपक बोहराले नेपाली सेनाले हालसालै जेनजी आन्दोलन पछि मुलुकमा उत्पन्न कठिन परिस्थितिमा उभिएर परिस्थिति सम्हालेको हुँदा त्यस्तो संगठनमा नाम निकाल्न सफल सबैलाई बढाइ ज्ञापन गरेका थिए ।


नेपाली सेनामा नाम निकाल्न सफल मध्यकी एक पबित्रा वलीले सेन्टरमा तालिमका क्रममा अनेकन बाधा ब्यबधान आइ परेपनि हिम्मत र साहले ती सबै पार गरेको हुँदा भविश्यमा पनि नेपाली सेनाको गरिमामा कुनै आँच नआउने गरि काम गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन ।


सेन्टरको सञ्चालक समितिका सदस्य घनश्याम केसीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार केबी वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *