तुलसीपुर , कात्तिक १८ । प्रहरीले बैखा माछा जफत पछि नष्ट गरेको छ ।
कपिल बस्तु प्रहरीका अनुसार अबैध रुपमा अर्घाखाँची तर्फ लैजाँदै गरेको अवस्थामा फेला परेपछि ४० हजार मूल्य बराबरको बैखा माछा जफत पछि नष्ट गरिएको हो ।
सोमबार बुटवल बाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ ख ८६२९ नम्बरको सार्वजनिक बसेको पछाडिको डिक्कीमा लुकाइ छिपाइ राखेर लैजाँदै गरेको अवस्थामा एक सय ५० केजी बैखा माछा चेकजाँचका क्रममा प्रहरीले फेला पारेको थियो ।
इलाका प्रहरी कार्यालय गोरुसिंगे बाट प्रहरी निरीक्षक विराट शर्मा पौडेल नेतृत्वको प्रहरी टोलीले चेकजाँचका क्रममा बुद्धभूमी नगरपालिका – २ तौयिहा चोकबाट ती माछा बरामद गरेको थियो ।
अबैध भनिएका ती माछा प्रहरीले स्थानीय जनप्रतिनिधि समेतको रोहवरमा खाडल खनेर पुरी नष्ट गरेको जनाएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक १८ गते मङ्गलवार
