
तुलसीपुर, कात्तिक १६ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले कात्तिक १७ गतेदेखि धर्मशालाबाट कार्यालयको सेवा दिने भएको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी बाट राजश्व कार्यालयको भवन खण्डहर बनेको थियो ।
असोज ५ गतेदेखि तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको राजश्व कार्यालय कात्तिक १७ गते सोमबारदेखि करसहित मासिक ७५ हजार भाडा तिरेर मन्दिरको धर्म शालामा सर्न थालेको हो ।
राजश्व कार्यालय प्रमुख श्रीधर टन्डनले सार्वजनिक खरिद ऐन अन्तरगको प्रक्रिया पुरा गरि कर कार्यालयले मन्दिरको धर्मशाला मासिक ७५ हजार भाडामा लिएको फरकोणलाई बताए ।
बिगत २०४२ सालदेखि आन्तरिक राजश्व कार्यालयले तुलसीपुर उपमहानगरपालिका – ५ सल्यान रोडस्थित अरणिको मैदान नजिकबाट सेवा दिदै आएको थियो ।
अब भने अर्कौ ब्यबस्था नभए सम्मका लागि राजश्व कार्यालयले तुलसीपुर – ६ स्थित मन्दिरको धर्मशाला बाट सेवा दिने भएको छ ।
आन्तरिक राजश्व कार्यालय भाडामा बस्न थालेको धर्मशालामा कुल २३ वटा कोठाहरु छन् । ती मध्य हाल राजश्व कार्यालय जमिन तलाका १३ र त्यस भन्दा माथिल्लो तलाका २ वटा कोठा गरि १५ वटा कोठाहरु भाडामा लिएको छ ।
भविश्यमा माथिल्लो तलामा रहेका कुल ४ कोठाहरु समेत विस्तार कार्यालय विकास गर्दै प्रयोग गर्ने रणनीति कार्यालयको छ ।
कार्यालय प्रमुख टन्डनका अनुसार माथिल्लो तलामा कार्यालय प्रमुख, लेखा शाखा, स्टोरका रुपमा प्रयोग गरिने छन् भने जमिन तलाका कोठाहरु बढी जस्तो जनताको सेवा संग सम्बन्धित सेवाहरु रहने छन् । काउन्टर भने धर्मशालाको प्राङगणमै निर्माण गरिने भएको छ ।
कार्यालय प्रमुख टन्डनका अनुसार भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कार्यालयका तीन वटा भवनहरु , सवारी साधन समेत भएको क्षति बाट चार करोड बढी क्षति पुगेको बताए ।
भवन डिभिजन कार्यालय घोराहीबाट आएको प्राबिधिक टोलीले आगजनीबाट ध्वस्त संरचना बस्नका लागि उपयुक्त नरहेको निष्कर्ष निकालेको थियो । त्यसपछि उद्योग वाणिज्य संघले निशुल्क रुपमा उपलब्ध गराएको कार्यालय मार्फत राजश्व कार्यालयले सेवा दिदै आएको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, अध्यक्ष विनिल केसी, उपाध्यक्ष देबबहादुर केसी, कानुन ब्यबसायी प्रबिण लम्साल, पत्रकार शरद रेग्मी लगाएत राजश्व कार्यालयका कर्मचारी आइतबार त्रिशेद्धेश्वरीको धर्मशालामा पुगेका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले भदौ २४ गतेको आगजनी बाट राजश्व कार्यालय खण्डहर भएको हुँदा तत्कालका लागि उद्योग वाणज्य संघले सहयोग स्वरुप कार्यालय प्रयोग गर्न दिएको बताए ।
‘सरकारको राजश्व संकलन तथा आम सर्वसाधारणको सेवा नरोकियोस भनेर हामीले निशुल्क रुपमा हामीले कार्यालय प्रयागे गर्न दिएका थियौं,’ उनले भने ‘ तत्कालिन अप्ठेरो परिस्थितिमा हामीले अस्थायी रुपमा कार्यालय प्रयोग गर्न दिएपनि संधै त्यहाँबाट सेवा प्रवाह गर्न सहज नहुने ठानेर राजश्व कार्यालय भाडामा बस्ने निर्णयमा पुगेको हो ।’
आँफुहरुको सहयोगले असोज ६ गतेदेखि राजश्व कार्यालयको सेवा प्रवाह सहज भएको वाणिज्य संघका अध्यक्ष केसीले बताए ।
त्रिशिद्धेश्वरी कालिका मन्दिरका पूजारी प्रेमकुमार दाहालले कर कार्यालय मन्दिरको धर्मशालामा आएपछि आँफुहरु खुसी भएको बताए । करसहित मन्दिरलाई प्राप्त हुने मासिक ७५ हजार भाडाले मन्दिरको थप बिकास निर्माणमा टेवा पुग्ने उनले बताए ।
अब भक्तजनहरुको चहल पहल बढ्ने र मन्दिरको आम्दानी पनि बढ्ने हुँदा आँफुहरु खुसी नै रहेको दाहालले आशा गरे ।

