२०८३ साउन २८ गते बिहिवार

अटो दुर्घटनामा एकाघरका देउरानी–जेठानीको मृत्यु

दाङ, कात्तिक १६ । अटो दुर्घटनामा परि एका घरका देउरानी जेठानीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

रुकुम पूर्वमा शनिबार बेलुकी पौने ६ बजेतिर भीरबाट करिब तीन सय मिटर तल खोलामा अटो खस्दा भूमे गाउँपालिका – १ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको हो । मृतकहरु एका घरका देउरानी जेठानी हुन ।

प्रहरीका अनुसार उद्धार गरि अस्पतला पुर्‍याउना साथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व सञ्चार शाखाका अनुसार दुर्घटनामा परि भूमे – १ लुकुमकी २६ वर्षीया प्रतिक्षा बुढा, उनका ११ महिनाको छोरा सुभम बुढा, २५ वर्षीया ब्युटी पुन र लुकुमकै ३ बर्षीया सक्षम घर्ती घाइते भएका छन् ।


घाइते सबै जिल्ला अस्पताल रुकुमकोटमा उपचार पछि डिस्चार्ज भइ सकेको प्रहरीले जानकारी दिएको छ । यि चार जना भने अटो भिरबाट खोलामा खस्ने क्रममा बीचमै झरेका कारण उनीहरु जोगिएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी करिब पौने ६ बजेतिर रुकुम पुर्वको भूमे गाउँपालिका –१ लुगुमको मध्ये पहाडी लोक मार्ग सडक खण्डको पञ्चासेमा रा १ ह ६७९७ नम्बरको अटो दुर्घुटनामा परेको थियो ।

अटो लुकुमबाट ब्राहताल तर्फ जादै थियो ।
दुर्घटना पछि फरार चालक भुमे –१ का २९ बर्षीय जोते घर्ती आइतबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएके छ ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *