दाङ, कात्तिक १६ । घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा राखेर उपचार भइ रहेको थियो । क्यान्सर बाट पीडित उनको आइतनबार बिहान ८० बर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समयदेखि उपचाररत थिए ।
घोराहीका घर घरमा सहज पानी वितरण प्रक्रियाको थालनी गरेको श्रेय उनैलाई जान्छ ।
उनी ‘पानी बा’ को उपमाबाट परिचित थिए । संस्थापक अध्यक्ष डिसीले लामो समय घोराही खाने पानीको नेतृत्व गरेका थिए ।
डिसी २०५४ सालमा संस्थाको सदस्य बनेका थिए । दुई कार्यकाल सदस्य भएर काम गरे पछि डिसी २०६० सालदेखि अध्यक्ष पदमा रहेर काम गर्दै आएका थिए ।
डिसी त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालि लगाएत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध थिए ।
प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
