दाङ, कात्तिक १५। बाँकेमा एक क्याफेबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका – ९ का ३८ बर्षीय चाँद अली शेष र ३१ बर्षीय बब्लु शेष पक्राउ परेका छन् ।
बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशव केसीका अनुसार उनीहरुको साथबाट ४९ ग्राम ५१० मिली ग्राम ब्राउन सुगर बरामद भएको छ । कात्तिक १२ गते नेपालगंज – १३ रोयल क्याफेबाट उनीहरु पक्राउ परेका थिए ।
क्याफेमा अबैध रुपमा लागु औषधको कारोबार भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई खानतलासी गर्दा ब्राउन सुगर बरामद गरेको थियो ।
पक्राउ परेका दुबै जनालाई आगु औषध मुद्दामा थप अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले बिहीबार दश दिनको म्याद दिएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शनिवार
