२०८२ मङ्सिर २२ गते सोमवार

लुटपाट, चोरी र आगजनीका घटनालाई राजनीतिक रुपमा नहेर्नुहोला – मुख्यमन्त्री कडेल

दाङ, कात्तिक १२ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेका छन् ।

बुधबार सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारी सँग सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा भएको लुटपाट, चोरी र आगजनीको घटनाको राजनीतिक मान्न नसकिने बताएका हुन ।


मुख्यमन्त्री कडेलले विगतमा राजनीतिक आन्दोलनहका जनआन्दोलन भए पनि कहिलै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाट जस्ता घटना नभएको भन्दै अहिलेको जेनजीको नाममा भएको आन्दोलन राजनीतिक नभएको बताएका हुन ।

भदौ २४ गते दिउँसो १ बजेपछि लुटपाट, चोरी र आगजनीको घटनाहरु भएको भन्दै आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कारबाही गर्न आग्रह गरेका हुन ।

अपराधजन्य कार्यमा संलग्न जो कोही भए पनि कानून अनुसार कारबाही हुनुपर्ने माग गरेका उनल दोषीलाई उम्कन दिन नहुने कुरामा जोड दिएका थिए ।


भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न उदण्डहरु माथि कारबाही आवश्यक रहेको मुख्यमन्त्री कडेलले बताएका थिए ।
जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिको रूपमा आयोगले अध्ययन गर्ने र सोही अनुरुप कारबाही हुने बताएका थिए ।


सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले हालसम्म जेनजी आन्दोलनका नाममा जिल्लाका भएका आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाणहरू संकलन गरिएको जानकारी दिएका थिए ।


घटनामा संलग्न व्यक्ति पहिचानको अन्तिम चरणमा पुगेको र केही दिनभित्रै कानुनी कारबाहीको प्रक्रिया सुरु हुने शाहीले बताएका थिए ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *