२०८३ असार २८ गते आइतवार

उद्योगमा लाइन काटेको बारे संघ सरकारले समाधान खोज्नु पर्छ – मुख्यमन्त्री आचार्य

तुलसीपुर , कात्तिक १२ । उद्योगहरुमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै विद्युत लाइन काटेको प्रति लुम्बिनी प्रदेश सरकारले चिन्ता जाहेर गरेको छ ।


मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार प्रेस विज्ञप्ति मार्फत समस्या समाधानका लागि संघीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्न सक्नु पर्ने बताएका छन् ।


नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री आचार्यले विद्युत लाइन काटिए पछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेको र त्यसले सयौं श्रमिकहरू रोजगारी गुमाउनु परेको प्रसंग उल्लेख गर्दै त्यसवाट स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् ।

उत्पन्न समस्या समाधान गर्न संघ सरकारले अभिभावकीय भूमिका निर्वाह गरि संवाद र समझदारीका माध्यमबाट दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको आचार्यले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवद्र्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *