२०८३ साउन २४ गते आइतवार

ब्राउन सुगरसहित २ युवा पक्राउ


दाङ, कात्तिक ११ । सुर्खेत र बर्दियामा ब्राउन सुगरसहित दुई य्ुवा पक्राउ परेका छन् ।

सोमबार दिउँसो बाँकेको खजुरा गाउँपालिका – ८ स्थायी घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ बाट २३ बर्षीय सद्दाम हुसेन खाँ पक्राउ परेका हुन ।

उनको शरिर तथा घर कोठा खान तलासीका क्रममा २ ग्राम ३५० मिली ग्राम ब्राउनसुगर बरामद भएको सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छ्न ।
त्यस्तै बर्दियाबाट लागु औषध ब्राउन सुगुरका फरार प्रतिबादी पक्राउ परेका छन् ।


जिल्लाको बढैयाताल गाउँपालिका – ७ का २४ बर्षीय अजय रैदास मंगलबार घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको बर्दियाका प्रहरी प्रबक्ता डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिए ।

जिल्ला अदालत बर्दियाले २०८१/१०/२७ गते रैदासलाई आगु औषध मुद्दामा २ महिना १३ दिन कैद र दुई सय पीडित कोषमा जम्मा गर्न फैसला गरेको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *