दाङ, साउन ५ । रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
चौरजहारी नगरपालिका – ६ शान्ति बजारस्थित भित्री सडक खण्डमा सोमबार बेलुका ६ बजेतिर लु.प्र २००१ त ००२३ नम्बरको ट्रयाक्टर अनियन्त्रि भइ सडकको साइडको नालामा च्यापिदा चौरजहारी – ३ चालक ३० वर्षीय कृष्ण विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार चालक बिकलाई उद्धार गरि जिल्ला अस्पताल सल्ले तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए ।
प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार