२०८३ साउन २८ गते बिहिवार

नेपालगंजदेखि सल्यान जाँदै गरेको फोर्स गाडी दुर्घटना

दाङ, कात्तिक ११ । बाँकेको नेपालगंजदेखि सल्यानको फारुला तर्फ जाँदै गरेको गाडी सोमबार बिहान बाङ्गेलाखुरीमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि तीन यात्रु सामान्ने घाइते भएका छन् । घाइते हुनेमा सल्यानको दार्मा गाउँपालिका – ५ का ३३ बर्षीय बुद्विमान केसी, दार्मा – २ की ६१ बर्षीया रत्नकुमारी वली र सोही ठाउँकी ५० बर्षीया टेककुमारी वली घाइते भएका छन् ।
बागचौरस्थित सहज पोलिकिल्निकमा उपचार पछि उनीहरु घर फर्कि सकेको सल्यान प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गाडीमा १४ जना सवार थिए ।


राप्ती राजमार्ग अन्तरगत सल्यान बागचौर नगरपालिका – ४ बाङ्गेलाखुरीमा लु.प्र.०१–००१ ख ०२४१ नम्बरको फोर्स गाडी सडकदेखि ७ मिटर तल खसेको थियो ।

नेपालगंजदेखि छुटेको उक्त गाडी सल्यानको अर्वारे फारुला तर्फ जादै थियो । गाडी बाँकेको कोहलपुर नगरपालिका –१२ चप्परगौरीका २७ बर्षीय कमल बोहराले चलाएका थिए । दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *