२०८३ साउन २४ गते आइतवार

बाहिरका सिफारिस पनि प्रतिष्ठानले मान्नेता दिने, फेरि पर्चा काट्नु नपर्ने

दाङ, कात्तिक ११ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बाहिरका निजी क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भए फेरि पर्चा काट्न नपर्ने गरि ब्यबस्था मिलाइएको जनाएको छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले बाहिर क्लिनिक वा निजि अस्पतालबाट बिरामी पर्चासहित एमआरआई, सिटी स्क्यानसहित अन्य सेवा लिन आएमा सिधै लाइन नलागेर बिरामीले सेवा लिने ब्यबस्था मिलाइएको बताएका छन् ।


उनले बाहिरबाट चिकित्सकको सिफारिस भए सुगर, प्रेसर जाँचपनि सिधै बिलिङ गरेर सेवा लिने गरि ब्यबस्थापन मिलाइएको जानकारी दिए ।

एमआरआई, सिटी स्क्यानसहितका अन्य सेवाका लागि बिरामी पर्चासहित आएमा सिधै बिलिङ गर्ने ब्यबस्था मिलाइएको उनले बताए ।

यो ब्यबस्था भएसंगै बाहिरबाट चिकित्सकको सिफारिस भएपछि फेरि प्रतिष्ठानमा आएर ओपिडि सेवाका लागि छुट्टै पर्चा काट्नु पर्ने बाध्यता नरहने अस्पताल प्रसाशनले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *